news-details

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

  • 162
    Shares

ललितपुर : पाटन अस्पतालको आईसीयू वार्डमा रहेको अल्ट्रासाउन्ड मेसिन चोरीमा सम्लग्न रहेको आरोपमा दुई जना चिकित्सक पक्राउ परेका छन् । २० लाख रुपैयाँ भन्दा धेरै मूल्य पर्ने पोर्टेबल अल्ट्रासाउन्ड मेसिन चोरीको अभियोगमा उनीहरु पक्राउ परेका हुन्।

उनीहरुले जेठ २ गते बिहान साढे आठ बजे उक्त मेसिन चोरेका थिए। महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार मेसिन मर्मत गर्न कम्पनीबाट आएको हौं भनेर झुक्याएका थिए। अस्पतालमा कार्यरत स्वास्थकर्मी व्यस्त भएको मौका छोपी मेसिन चोरी गरेका थिए।

अनुसन्धानको क्रममा सर्लाही घर भइ काठमाडौं बस्ने ३६ वर्षका डा. प्रविण मिश्र र महोत्तरीका २० वर्षीय रमेश कुमार शर्माको संलग्नता देखिएको ललितपुर परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए। चोरी भएको सामानसहित पक्राउ गरिएका उनीहरुलाई थप अनुसन्धानका लागी पाँच दिन हिरासत पठाइएको प्रहरीले जनाएको छ। अन्नपुर्ण पोस्ट मा खबर छ।

सम्बन्धित पोष्टहरू